Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध च्यानलबाट रेमिट्यान्स नपठाउन र नलिन प्रहरीको आग्रह

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - विदेशबाट पठाउने रेमिट्यान्स अवैध च्यानलबाट नपठाउन र नस्विकार्न प्रहरीले आग्रह गरेको छ । 

जापान, दक्षिण कोरिया र बेलायत जस्ता मुलुकबाट यूएसडिटी मार्फत पठाएको रेमिट्यान्स अन्य मुलुकमा पुग्ने गरेको र सो रकम सुन तस्करीमा लगानी हुने गरेको भन्दै सीआईबीले वैध तरिकाबाट मात्र रकम पठाउन आग्रह गरेको छ ।
 

अवैध तरिकाबाट रकम पठाउँदा नेपालमा गैरकानुनी रकम आफन्तको खातामा जम्मा हुने गरेको भेटिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । 

विदेशमा बस्नेहरूले पठाएको रकम अवैध तरिकाले खातामा जम्मा हुँदा रेमिट स्वीकार गर्नेहरू पनि पन्छिन नपाइने कानुनी व्यवस्था छ । 

पछिल्लो समय ‘पे’ वेल र सजिलो ‘पे’बाट सुन तस्करीको रकम कारोबार भएको भेटिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्