Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही  कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली  प्रदेशका केही स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।  सबै  प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


आज राति बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार