Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते

शुक्रबार, साउन ४, २०८१

जलेश्वर - महोत्तरीको पिपरामाट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरूट्रयाक्टरमा त्यसतर्फ गइरहेका थिए । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार आज दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्र्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका क्रममा जलेश्वर नपा–९ स्थित परिकौली चौक नजिकैट्रयाक्टर दुर्घटना भएको थियो ।


चालकले तीव्र गतिमा ट्र्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनापश्चात् चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्