Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल दुर्घटनाः थप एउटा शव फेला, शवको संख्या २१ पुग्यो

शुक्रबार, साउन ४, २०८१

चितवन- सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ। विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल र भारतको सिमानामा रहेको गण्डक व्यारेज पुलको १० नम्बर ढोकामा बिहीवार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहीवार नै भरतपुर महानगरपालिका–२६ सिसुवारमा दुई पुरुषको शव फेला परेको थियो । यससँगै हालसम्म फेला परेका शवको संख्या २१ पुगेको छ । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ भने सात वटा शवको सनाखत हुन बाँकी छ ।


काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बस गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए। हालसम्म दुईवटै बस भेटिएका छैनन्।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्