Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद्का पाँच समितिको संयोजक तोकिए

शुक्रबार, साउन ४, २०८१

काठमाडौं - सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।

राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई जिम्मेवारी दिइएको छ ।


त्यस्तै विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्