Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

शुक्रबार, साउन ४, २०८१

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक चालु आर्थिक वर्ष २०८१÷८२ को नीतिको मस्यौदा पारित गर्न बोर्ड (सञ्चालक समिति)को बैठक डाकेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीले आज (शुक्रबार) बिहान ८ बजे बैठक डाकेका हुन् ।

राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । यदि बोर्ड बैठकले पारित गर्याे भने आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताए ।

राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदालाई उच्च व्यवस्थापनले हिजै अन्तिम रूप दिइसकेको बताइएको छ ।स्रोतका अनुसार यसपटक लचिलो मौद्रिक नीतिको मस्यौदा तयार भएको छ ।

अब आज बस्ने सञ्चालक समितिको बैठकमा पेस गरिने र छलफल गरी पारित गरिनेछ । ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नरहेकाले कर्जा विस्तार हुनेगरी नीति आउने देखिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्