Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

शुक्रबार, साउन ४, २०८१

ढोरपाटन– गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।

 भारी वर्षाका कारण बागलुङ नगरपालिका-१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । 


वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारिसाधन बाटोमै रोकिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्