Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ संसद भवन निर्माणमा सुस्तताबारे सभामुख घिमिरे असन्तुष्ट

शुक्रबार, साउन ४, २०८१

काठमाडौ - साउन २ गते अपरान्ह ४ बजे पूर्वजानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून थियो ।

पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुख देवराज घिमिरेले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिए । तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो । ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न सकेनन् ।

कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।

निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुखले आज बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्