Nic Ad Nic Ad
Nic Ad Nic Ad

गेष्टहाउसबाट छ जना बालिकाको उद्धार

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ -कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ ।

samridhi jewllers

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । 


रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजा घर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । 

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्