Nic Ad Nic Ad
Nic Ad Nic Ad
विकासमा बाधा

न्यूरोडमा तनाबः फूटपाथ विस्तारमा महानगरपालिकामाथि अबरोध (फोटो फिचर)

शुक्रबार, साउन ४, २०८१

काठमाडौं– न्यूरोडको फूटपाथ विस्तारमा बुधबारदेखि सक्रिय रहेको काठमाडौं महानगरपालिकाको काममा अबरोध भएको छ। 

सर्वसाधारणका नाममा केहीले फूटपाथ विस्तारको काममा अवरोध गरेपछि महानगर प्रहरी र नेपाल प्रहरीलगायत परिचालन भएका छन्। 

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो। सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फूटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो।

यसपछि महानगरपालिका भटाभट काममा जुटेको थियो। 

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको थियो। 

तर केहीले स्थानीयवासीका नाममा फूटपाथ विस्तारमा अवरोध गरेपछि तनाब भएको छ। 

तस्बिरहरू

new-road-4-1721363284.jpg
new-road-1721363284.jpg
new-road-3-1721363284.jpg
new-road-2-1721363284.jpg

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्