Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

शुक्रबार, साउन ४, २०८१

काठमाडौं - बाढी पुर्वानुमान महाशाखाले आज पनि देशका केही साना तथा ठूला नदीमा बाढीको आकस्मिक जोखिम रहेको जनाएको छ ।

 

आज सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा, रुपन्देही, कपिलवस्तु, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश नदीमा बहाव बढ्नेछ । पानी परिहेकाले यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहेको महाशाखाको अनुमान छ ।

यस्तै, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला र कैलाली भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्नेछ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह समेत बढ्ने महाशाखाको बुलेटिनमा उल्लेख छ । त्यसैगरी कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्ने सम्भावना रहेका भन्दै महाशाखाले साना तथा ठूला नदी तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

 वर्षासँगै देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । कतिपय नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा, रुपन्देही, कपिलवस्तु, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहने महाशाखाको अनुमान छ ।

यस्तै, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला र कैलाली भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्नेछ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह समेत बढ्दो हुनेछ । तर, ती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने महाशाखाको अनुमान छ ।

s1-1721359884.jpg

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्