Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिराले साँफे-मार्तडी राजमार्ग अवरुद्ध

शुक्रबार, साउन ४, २०८१

बाजुरा– अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । 

राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् ।


उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधन आवतजावत ठप्प भएका छन् । सवारिसाधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।


बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जिप तथा मालवाहक सवारिसाधन ठप्प छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्