नेभिगेशन
राजनीति

परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति