Nic Ad Nic Ad
Nic Ad Nic Ad

युएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- श्रीलंकामा सुरु भएको नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।

अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बङ्गलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

नेपालको प्लेइङ-११ इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ, रुबिना क्षेत्री, सीता राणा मगर, बिन्दु रावल, कविता कुँवर, सबनम राई, कृतिका मरासिनी, पूजा महतो, कविता जोशी र सम्झना खड्का छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्