Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा अदालती फैसलाको पूर्णपाठ संक्षेप

गौशाला–२६ ले लगाएको भित्री बस्त्र, बाहिरी कपडाहरूको समेत परीक्षण नहुँदा कसुर ठहर हुन्नः अदालत

शुक्रबार, साउन ४, २०८१

काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई लागेको बलात्कार अभियोगमा दिएको सफाईको पूर्णपाठ सार्वजनिक गरेको छ। 

‘वादीले प्रतिवादीसँग आर्थिक सहयोग माग गरेको तर प्रतिवादीले सहयोग नगरीकन गएका कारण संगित आरोप लगाइएको विषय इन्कार गर्न मिल्दैन’, फैसलाको एउटा कारणबारे खुलाउँदै शुक्रबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा आदलतले भनेको छ,‘ जाहेरवालाको जाहेरी एवं बकपत्र, पीडितको कागज एवं बकपत्र, प्रतिवादीले अभियोग दाबीको कसुर गरेको अकाट्य प्रमाणको रूपमा मान्न मिल्ने नदेखिएको इजलासको ठहर छ।’

यति मात्र नभई सन्दीप निर्दोष हुनुका अन्य कारण पनि अदालतले खुलाएको छ। ‘गौशाला २६’सँग पराजित भएपछि उच्च पुगेका सन्दीपका पक्षमा फैसला आउनुका अन्य कारणमा अदालतले विभिन्न दलील पेश गरेको छ। 

पूर्णपाठमा भनिएको छ,‘पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ। यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल काठमाडौं इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर छ।’

यति मात्र होइन गौशाला २६ को कपडासमेतको विषय उठान गरेको अदालतको फैसलामा भनिएको छ,‘पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, वारदात स्थलमा भएको वस्तुहरू, बेड, तन्ना, टिस्यु पेपर, पीडित ‘गौशाला–२६’ले लगाएको भित्री बस्त्र, बाहिरी कपडाहरूको समेत परीक्षण नभएको र ती प्रमाणहरूले अभियोग दाबी समर्थित हुने कुनै आधार देखिँदैन।’
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्