Nic Ad Nic Ad
Nic Ad Nic Ad

जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो…

शुक्रबार, साउन ४, २०८१

काठमाडौं- बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो ।

सबैभन्दा पछाडि रहेको बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन ।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।

अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।

मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमी पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्