Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो १० बुँदे सुझाव

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- नेकपा एमालेका नेताहरुले सरकारलाई सुझाव पत्र बुझाएका छन् ।

पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझाव पत्र बुझाएका हुन् । पार्टीको सुझाव पत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् ।

आफू पार्टी अध्यक्ष भए पनि अहिले सरकारका तर्फबाट एमालेको सुझाव पत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझाव पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझाव पत्र कार्यान्वयनमा जाने बताए ।

‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरूले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अठोट आगामी १९ वर्षभित्र पुरा गर्ने गरी सरकार अगाडि बढेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्