Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक साता नबित्दै नाउपाले पुनः फेर्‍यो दलको नेता

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्।

असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो । तर उक्त निर्णयको एक साता नबित्दै पुनस् बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ । साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिममा नाउपा सात सांसद छन्। घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी,लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्।

कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन।

असार २९ गते लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेर खुसीराम चौधारीलाई दलको नेता बनाएका थिए भने लक्ष्मण किशोरले नै साउन २ गते घनश्याम चौधरीले दलको नेता बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन्।

अन्य तीन/तीन जना अघिल्लो पटक बनाउने र नबाउनेमा विभाजित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्