Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्युतीय मतदानको व्यवस्था गर्न सरकारलाई एमालेको सुझाव

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ - नेकपा एमालेले विद्युतीय मतदानको व्यवस्था गर्न माग गर्न सरकारलाई सुझाव दिएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पत्र बुझाउँदै विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव दिएको हो ।


एमालेले आफ्नो आन्तरिक चुनावहरूमा विद्युतीय मतदान गर्दै आएको छ । तर आमचुनावहरुमा अहिले पनि मतपत्रकै उपयोग हुँदै आएको छ । एमालेले आम चुनाव पनि विद्युतीय मेसिनबाट गर्न सुझाव दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्