Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिपक्ष दलले साझा एजेण्डा बनाउने समझदारी

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ -काँग्रेस-एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच सिंहदरवारमा छलफल भएको छ । 

शुक्रबार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरूले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए । 


यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले तीन दल कसरी मिलेर जाने भन्नेबारेमा बैठकमा सामान्य छलफल भएको बताए । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिन लागेको सन्दर्भमा प्रतिपक्षी दलहरुबिच साझा धारणा बनाएर जाने बारेमा छलफल भएको उनको भनाइ थियो । उनले के के शर्तका आधारमा दुई दल मिलेको हो भन्नेबारे सत्ता पक्षले प्रष्ट पार्न सक्नुपर्ने पनि बताए । 

यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको भन्दै यसको भण्डाफोर गरिने बताए । उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा २ अनुसार बनेको बताए । 

पुनले प्रतिपक्षमा रहेका दलहरुबीचको एकताको हिसाबले सशक्त ढंगले जनताको भावना र आवाजको प्रतिनिधित्व गर्ने तीन दलका नेताबिच समझदारी बनेको बताए । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका सभापति लामिछानेसहित दोस्रो तहका नेताहरू समेत सहभागी थिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्