Nic Ad Nic Ad
Nic Ad Nic Ad

जम्कट्टेलको विपक्षमा मतदान गर्न काँग्रेसको निर्देशन

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- नेपाली काँग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रदेश सम्पर्क कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकले जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।बैठकले प्रदेश संसदीय दललाई विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जम्कट्टेललाई बिहीबार राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा परेका छन् । जम्कट्टेल सरकारलाई नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्