Nic Ad Nic Ad
Nic Ad Nic Ad

मार्शल आइल्याण्डमा पूर्वाधार निर्माण गर्न भारतले सहयोग गर्ने

शुक्रबार, साउन ४, २०८१

काठमाडौं – भारतले प्रशान्त महासागरमा अवस्थित द्विपराष्ट्र मार्शल आइल्याण्डलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । यसबारे दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर समारोहमा भारतीय विदेशमन्त्री एस जयशकंरले प्रशान्त क्षेत्रमा रहेका मुलुकहरुको प्राथमिकता र आवश्कतालाई भारतले महत्व दिएको बताएका छन् । विदेशमन्त्री जयशकंरले प्रशान्त क्षेत्रका मुलुकहरुसँग सहकार्य गर्न भारत सदैव तत्पर रहेको पनि उल्लेख गरेका छन् ।


भारतीय टेलिभिजन डब्लूआईओएनले जनाएअनुसार भारतले उक्त मुलुकमा सामुदायिक पूर्वाधार, खेलकुद केन्द्र, विमानस्थल टर्मिनललगायतको निर्माणमा सहयोग गर्नेछ । त्यसबाहेक भारतले पानी शुद्धीकरण र स्वास्थ्य सेवामा पनि सहयोग गर्ने जनाइएको छ ।

भारतले हिन्द प्रशान्त क्षेत्रमा अवस्थित मुलुकसँगको सहकार्य विस्तार गरिरहेका बेला पछिल्लो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्