Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल पहिरोको एक साता : भारतीय भूमिमा भेटिन थाले शव

शनिबार, साउन ५, २०८१

काठमाडौ - सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका तीन यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले चम्पारण नगाहास्थित नारायद्रणी नदीमा शव फेला पारेपछि नेपाल ल्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यद्यपि, शवको सनाखत हुन बाँकी छ । 

चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये २५ जनाको मात्र शव फेला परेको छ । ३७ जनाको अवस्था अझै अज्ञात छ । प्रजिअ यादवका अनुसार त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको छ । 

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्