Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

शनिबार, साउन ५, २०८१

काठमाडौँ -नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी थिए । नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरी कुल ६२ पदक प्राप्त गर्‍यो। भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोस्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कांस्यसहित तेस्रो भएको छ । आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो ।


गएको वर्ष काठमाडौँमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्