Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस संसदीय दलको बैठक आह्वान

शनिबार, साउन ५, २०८१

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।


सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाएको हो ।

 


 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्