Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

शनिबार, साउन ५, २०८१

काठमाडौँ - बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।


उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् ।

आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्