Nic Ad Nic Ad
Nic Ad Nic Ad
गठबन्धन

कांग्रेससँग सहमति गर्नुका तीन कारण एमालेद्वारा खुलासा

शनिबार, साउन ५, २०८१

काठमाडौं– प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमति बन्नुका तीन कारणबारे खुलासा भएको छ। 

नेकपा एमालेका तर्फबाट यस्तो खुलासा भएको हो। उच्च स्रोतका अनुसार यी तीन कारणले कांग्रेस–एमाले सहमतिसहितको नयाँ गठबन्धन बन्नुका साथै केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुन पुग्यो। 

पहिलो, माओवादीलाई साथमा लिएर गठबन्धनीय चुनावी मैदानमा नजाने। यसो गर्दा कांग्रेस र एमाले मुख्य र समानान्तर प्रतिस्पर्धी कायम रहने समझदारीका आधारमा अहिलेको गठबन्धन बनेको हो। 

दोस्रो, तेस्रो र चौथो दलको नेतृत्वमा सरकार बन्ने परिस्थितिमा स्थायीत्व नहुने निचोडपछि गठबन्धन बन्यो। आलोपालो गरी चुनावसम्म जाने र त्यसपछिको नतिजा पनि दुई दल मध्य एकको पोल्टामा पार्ने सहमति बन्यो। 

तेस्रो, ३२ सिट लिएको माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुलबुले नीतिलाई तह लगाउनका लागि कांग्रेस–एमाले सहमति। कांग्रेससँग गठबन्धन गरी चुनावमा नतिजा ल्याएको तर पल्टिएर एमालेसँगको सत्ता साझेदारीता गरेको। यो एक पटक नभई दुई पटकसम्म गरेको।

एमालेसँग राष्ट्रपति दिने सम्झौता गरेको तर फेरि कांग्रेससँग मिलेका कारण धोका पाएको दुई दलको निचोडको विकल्पमा नयाँ गठबन्धन बनेको ठहर।
एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि यस्तै खुलासा गरेका छन्। कतारमा प्रवासी मञ्चलाई सम्बोधन गर्ने क्रममा उनले प्रचण्डका कारण नयाँ गठबन्धन बनेको दाबी गरेका छन्। 

उनले भने,‘आगामी निर्वाचनमा माओवादीको साथ नलिने सहमतिका आधारमा पनि यो गठबन्धन तय भएको थियो।’
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्