Nic Ad Nic Ad
Nic Ad Nic Ad
बालेन vs एमाले

बालेनले गिरीबन्धुमा खोलेको फायरको प्रभावः न्यूरोड पेटी बिस्तारमा एमालेको नियोजित दबाब

शनिबार, साउन ५, २०८१

काठमाडौं– काठमाडौं महानगरवासी मात्र होइन, विशाल बजार व्यापार संघलगायतले न्यूरोडका सडक पेटी विस्तारको स्वागत गरेका थिए। यति मात्र होइन न्यूरोडमा आउने ग्राहकहरू पेटी सानो भएका कारण विभिन्न प्रकारका समस्यामा रहेको भनी महानगर प्रमुख बालेन शाहका नाममा पत्र नै लेखेका थिए। 

तर शुक्रबार जे परिदृश्य न्यूरोडमा देखाइयो त्यो नियोजित हुन सक्ने आँकलन गरिएको छ। वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन आफैं एउटा मोर्चा लिएर सडक विस्तारको बिरोधमा मैदानमा उत्रिए। 

कतिसम्म भने महानगर प्रहरीदेखि विभिन्न मिडियासम्मलाई आक्रमणको प्रयत्न भयो। ‘पेटी विस्तार र महानगरले गर्न खोजेको सकारात्मक कामको प्रतिक्रियाको साटो बालेनका मिडिया भन्दै आक्रमण गर्ने प्रयास गरियो’, रिपोर्टिङका लागि खटिएका एक सञ्चारकर्मी भन्छन्,‘प्रहरीको स्कर्टिङमा जोगिएर आउन परेको थियो।’

वडाध्यक्ष महर्जनको नेतृत्वमा रहेको समूहसँग प्रश्न गर्दा कतिपय मिडियामाथि स्थानीयवासीका नाममा उल्टै आक्रामक शैली अपनाउने प्रयास भयो तर महर्जनले शान्त बनाउने कोशिशसम्म नगरेका दृश्य पर्याप्त देख्न पाइन्छ।

उच्च अदालतले सडक पेटी विस्तारमा अवरोध नगर्न आदेश दिएपछि महानगर प्रमुख बालेनले तिव्र गतिमा काम गर्न खोजेका थिए। तर, त्यसमा एमालेबाट निर्वाचित वडाध्यक्षदेखि कार्यकर्तासम्मको अबरोधले स्पष्ट देखाउँछ कि, उनीहरू केन्द्रीय सत्ताको आडमा प्रभावित बनाउन खोजिरहेका छन्। 

अर्कातिर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बालेनसँग यसै पनि रुष्ट थिए। जब बालेन शाहले गिरीबन्धु चिया बगान प्रकरणमा फायर खोले ओली निक्कै प्रतिक्रियात्मक थिए। ओलीमाथि कुनै पनि विषयको प्रश्न गर्दा भन्थे,‘बालेनलाई सोध्नू।’

यसले के संकेत गर्छ भने गिरीबन्धु प्रकरणमा बालेनले खोलेको फायरको प्रतिक्रियाका रुपमा न्यूरोड विस्तारको अवरोध हुन सक्छ। त्यसो त बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अहिलेको सरकारको राजीनामा माग गरेका छन्। उनको संकेत पनि सोही प्रकारले आएको थियो।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्