नेभिगेशन
समाज विविध

पुत्ला जलाउनेलाई बालेनको सन्देश – जा तेरो भगवनालाई भन्दे, मेरो मन कहिल्यै डरको दास हुँदैन 

काठमाडौं– न्यूरोडको सडकपेटी विस्तारका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला दहन गरियो। केही राजनीतिक कार्यकर्ताद्वारा उनको पुत्ला दहन गरी सडकपेटी विस्तारको तिव्र बिरोधसहित हिंसा कै प्रतीत गराउन खोजियो। 

तर बालेन विद्रोहका एक झन्कार हुन् भन्ने आज प्रमाणित भएको होइन। उनको सृजनामा नै उल्लेखित थियो। 

आफ्नो पुत्ला दहनका लागि तयार पारेको तस्बिरलाई फेसबुकको मुहारविन्दु बनाएका बालेनले अहिलेको स्थितिको विद्रोही सोच आफ्नो कबितामार्फत पहिला नै प्रष्ट पारेका थिए। 

उनको कविता संग्रह अश्रको १९२ पृष्ठमा लेखेका छन्– 

मान्छेको मनमा यहाँ राक्षसको बास हुँदैछ 
चारैतिरबाट मेरो लास गिराउने प्रयास हुँदैछ
जा तेरो भगवानलाई भन्दे।
मेरो मन कहिल्यै डरको दास हुँदैन 

बालेन विकासका हकमा कहिल्यै पनि कोहीसँग सम्झौता नगर्ने प्रणमा उभिएका छन्। यसैकारण कानुनी रुपमा पाएको अधिकार र मान्यतालाई स्थापित गरी जनताको सहजीकरणका निम्ति पेटी विस्तारमा लागेका छन्। 

तर, यो विकासको कामलाई केही व्यक्ति र समूहले स्थानीयको नाममा दिग्भ्रमित र त्रसित बनाउने प्रयास गरेका छन्, बालेन त्यसलाई स्वीकार गर्ने मनसायमा नै छैनन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध