Nic Ad Nic Ad
Nic Ad Nic Ad

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव संकलन गर्दै मन्त्री भण्डारी

शनिबार, साउन ५, २०८१

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव संकलनका लागि १० दिने अभियान सुरु गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रिया आइतबारबाट सुरु हुने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्रालयमा नै सञ्चालन हुने दश दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने जनाइएको छ ।

उद्योगमन्त्री भण्डारीका अनुसार सुधार कार्ययोजनामा समावेश हुने विषयमा कानून तथा नीति परिमार्जन, ‘स्टार्टअप’को विकास तथा प्रवर्द्धन, औद्योगिक प्रवर्द्धन, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र सीप विकास, उत्पादकत्व अभिवृद्धि, औद्योगिकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, बहुपक्षीय तथा द्विपक्षीय व्यापार, विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन, औद्योगिक बौद्धिक सम्पत्ति रहेका छन् । 

संस्थागत सुधार, दर्ता अनुमति,  इजाजत स्विकृति, नवीकरण खारेजी,  एकल विन्दु अनुगमन, कम्पनी प्रशासन, दर्ता, खारेजी, अद्यावधिक, सार्वजनिक संस्थान व्यवस्थापन बन्द तथा रुग्ण उद्योग सञ्चालन, औद्योगिक तथा व्यापार पूर्वाधार विकास, खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन् इजाजत खानीजन्य उद्योग प्रवर्द्धन, गुणस्तर प्रयोगशाला विकास र प्रमाणिकरण, आपूर्ति व्यवस्थापन, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण र हरित औद्योगिक विकासलगायत विषयमा छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्