Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेसँग भएका सहमतिमा कांग्रेसबाट तलमाथि हुँदैन : गगन थापा

शनिबार, साउन ५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।

वीपी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् । उनले सरकार निर्माणका क्रममा एमालेसँग भएका सहमतिमा कांग्रेसको तर्फबाट तल माथि नहुने स्पष्ट पारे।

महामन्त्री थापाले अबको दुई वर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गरे । यसअघि एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटी देखिएकाले मुलुकलाई स्थिरता दिनका लागि ठूला दलहरू एक ठाउँ आउनुपरेको उनले जिकिर गरे । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्