Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

शनिबार, साउन ५, २०८१

काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् । 

कांग्रेस दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरे गत आम चुनावमा सिन्धुली -१ बाट निर्वाचित भएका थिए ।

यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्