Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा डार्क कोर फाइबर जडान

शनिबार, साउन ५, २०८१

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा डार्क कोर फाइबर जडान गरिएको छ । शुक्रवार नेपाल टेलिकमसँगको समन्वयमा फाइबर जडान गरिएको हो । 

लामो प्रयासपछि जडान गरिएको यस प्रविधिले मूलतः अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा देखिने समस्या समाधान हुने अपेक्षा गरिएको प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थिले बताए ।


अध्यागमन अधिकृत पन्थिका अनुसार डेटिकेटेड सर्भर जडान पश्चात् यहाँ बाट प्रवाह हुने सेवा प्रवाह समेत छिटो र छरितो रूपमा सम्पादन हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्