Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जीत

शनिबार, साउन ५, २०८१

काठमाडौं - माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जीत दर्ता गरेको छ । शनिबार भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिलो जीत दर्ता गरेको हो ।

नेपालले पहिलो सेट २५-१६, दोस्रो २५-९ र तेस्रो २५-१० ले जीत हासिल गरेको हो । यसअघि नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आजै हुने श्रीलंका र किर्गिस्थानबीचको खेलले पहिलो र दोस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ ।

पुछारमा रहेको माल्दिभ्सले सेमिफाइनलमा पहिलो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । फाइलन खेल जुलाई २३ मा हुनेछ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्