Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीमा बाढीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह

शनिबार, साउन ५, २०८१

काठमाडौँ- काठमाडौंस्थित बाग्मती नदी (गौरीघाट जल मापन केन्द्र)मा जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझ ५ : ३० बजेको समयमा बाग्मतीमा जल सतहले सतर्कता तह पार गरेकाे हो।

विभागले बाग्मती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

‘बाढी बढ्दो क्रममा रहेकाले बाग्मती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ’ विभागले भनेकाे छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्