Nic Ad Nic Ad
Nic Ad Nic Ad

सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा

शनिबार, साउन ५, २०८१

रौतहट –सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन बन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अबैध चोरीलुकी ल्याईएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्