Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला एसिया कप : नेपाल पाकिस्तान विरुद्ध खेल्दै

आइतबार, साउन ६, २०८१

श्रीलंकामा जारी एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ ।

प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्दी रहनेछ ।

पहिलो खेलमा सम्झना खड्काको उत्कृष्ट इनिङको मद्दतमा नेपालले युएईलाई हराएको थियो । ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट मात्र गुमाएर भेटाएको थियो ।

सो जित नेपालको एशिया कप इतिहासमा पहिलो जित रहेको थियो । यसअघि २०१२ र २०१६ मा गरी खेलेको दुई संस्करणमा नेपालले सबै ९ खेलमा हार बेहोरेको थियो ।

उता पाकिस्तान भने पहिलो खेलमा भारत विरुद्ध सहजै पराजित भएको थियो । भारत विरुद्ध पाकिस्तान ७ विकेटले पराजित भएको थियो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य भारतले १४.१ ओभरमै पुरा गरेको थियो । त्यसकारण पनि पाकिस्तान आज जित सहित समूह चरणमा पहिलो जित दर्ता गर्न तरखरमा हुनेछ ।

नेपालको लागि आर्जेको खेलमा जित एक अविश्वसनिय नतिजा नै हुनेछ । तर जित हासिल गरेको खण्डमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो बन्नेछ ।

नेपाल र पाकिस्तान भिड्नु अघि दिनको २:१५ बजे नेपालकै समूह ए मा रहेका भारत र युएई भिड्ने तालिका रहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्