Nic Ad Nic Ad
Nic Ad Nic Ad

एडीबीद्वारा भारतका लागि २४ करोड डलर ऋण स्वीकृत

आइतबार, साउन ६, २०८१

काठमाडौँ– एशियाली विकास बैंक एडीबीले घरको छानामा सौर्य प्रणाली जडान गर्ने अभियानका लागि भारतलाई २४ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।

एडीबीले स्वीकृत गरेको उक्त ऋण भारतको स्टेट बैंक अफ इण्डिया र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकमा जम्मा गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०३० सम्म भारतले आफ्नो ऊर्जाको ५० प्रतिशत गैर–जैविक स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखेको छ । एडीबीको ऋण सहयोगले भारतको यो लक्ष्य पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । एडीबीबाट प्राप्त हुने ऋण प्रधानमन्त्री सूर्य घर कार्यक्रममा लगानी गरिने एएनआईले उल्लेख गरेको छ । एडीबीले घरका छानामा जडान गरिने सौर्य प्रणालीबाट ऊर्जा वितरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्