Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

आइतबार, साउन ६, २०८१

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । गत असार २४ गते बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन ।

२०७९ साल पुसमा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा जम्कट्टेल बागमतीको मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्