Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्वीप

आइतबार, साउन ६, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
नेता मेटमणि चौधरीले आज बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरिएको जानकारी दिए ।


‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ,’ उनले भने ।

नेपाली कांग्रेससहित चार दलको सहयोगमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्