Nic Ad Nic Ad
Nic Ad Nic Ad
सरकार

बाहुबली प्रधानमन्त्री ओली, दुई तिहाई सांसदको विश्वासको मत पाउने अंक गणित यस्तो छ

आइतबार, साउन ६, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक दुई तिहाई बहुमतको विश्वास जित्नका लागि आइतबार प्रतिनिधि सभामा उपस्थित हुँदैछन्। 

कांग्रेससँगको समीकरणका कारण साधारण बहुमत यसै पनि पाएका उनी दुई तिहाई बहुमतभन्दा केही संख्याले मात्र कम छन्। तर, जतिले पनि निवर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ति मध्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाहेक अन्यको समर्थन ओलीलाई हुने अनुमान गरिएको छ। 

प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमका लागि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई डाकिएको छ।  

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारमा सहभागी चार दल बाहेकका थप केही दलहरूको समर्थन सुनिश्चित भएको बताए।

सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। विश्वासको मत पाउनका लागि १३८ मत आवश्यक पर्छ। अहिले मन्त्रिपरिषद्मा सहभागी रहेका दलहरूको प्रतिनिधिसभामा कायम सिट संख्या १७६ हुन आउँछ। प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ को दुईतिहाइ बहुमतका लागि यो नजिकको संख्या हो। 

प्रधानमन्त्रीले संसद्मा दुईतिहाइ समर्थन देखाउनका लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ।

अब ८ जना मात्र संसद सदस्यको विश्वासको मत पाएको खण्डमा ओली शक्तिशाली प्रधानमन्त्री बन्नेछन्। त्यसमा एक स्वतन्त्र सांसद अमरेश सिंहले ओलीका पक्षमा विश्वासको मत दिने संकेत दिएका छन्। 

यसबाहेक सरकारमा सहभागी हुन लालयीत रहेको ४ सांसद सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी र ६ सांसद सदस्य रहेको जनमत पार्टीले पनि विश्वासको मत दिएको खण्डमा ओली स्वतः दुई तिहाई बहुमतको विश्वास जित्ने प्रधानमन्त्री बन्नेछन्। 

यसबाहेक कांग्रेस–एमालेलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि विश्वासको मत दिनेछ। सबैभन्दा पहिला समीकरणको स्वागत गरेका यादवसित ५ सांसद सदस्य छन्। 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्