Nic Ad Nic Ad
Nic Ad Nic Ad

फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम

आइतबार, साउन ६, २०८१

काठमाडौं- फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन ।

न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले फुटपाथ बिस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण धर्नाका लागि न्यूरोडमा बनाइएको त्रिपालभित्रबाट संचालन गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाको न्युरोडमा फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाको लागि बनाइएको पालभित्रबाट सञ्चालन गरिएको हो । २२ नम्बर वडाका अध्यक्षले चिनीजी महर्जनले कुर्सी टेबल सडकमै राखेर आफ्नो काम गरेका हुन्।


 

प्रतिक्रिया दिनुहोस्