‘एक भिलेन’ भए चिनीकाजी
काठमाडौं– न्यूरोडको फूटपाथ विस्तारमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन आमने–सामने भएका छन्।
चिनीकाजीले फूटपाथ विस्तारको बिरोध नगर कार्यपालिकाको बैठकमा गरेका थिए जहाँ प्रमुख बालेनसँग उनको भनाभन भएको थियो।
उच्च अदालत पाटनले फूटपाथ विस्तारमा कुनै रोक नलगाउनका लागि आदेश दिएपछि बालेनले तिव्र गतिमा काम अघि बढाउन निर्देशन दिएअनुसार महानगरपालिका सक्रिय भयो।
तर त्यसको बिरोध र प्रतिरोधमा स्थानीयवासी उत्रिएको दाबी गर्दै नेतृत्व चिनीकाजी महर्जनले गरेका थिए। उनलाई ‘एक भिलेन’ भनी सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्ममा ब्याख्या गर्न थालेका छन्, सर्वसाधारणले।
सामाजिक सञ्जाल प्रयोगकर्ताले चिनीकाजी एमालेको कार्यकर्ता भएको र गिरीबन्धु चियाबगानमा भएको नीतिगत भ्रष्टाचारको विषय उठाएका बालेनको प्रतिरोधमा खटाइएको टिप्पणी हुन थालेका छन्।
तर चिनीकाजीले बिरोध छाडेका छैनन्। उनले प्रतिकात्मक रुपमा बिरोध गर्दै सडकबाट वडाको काम थालेका छन्।
महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन्।