नेभिगेशन
राजनीति

माओवादीको प्रस्ताव रास्वपाद्वारा खारेज, विपक्षी मोर्चामा नबस्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको विपक्षी मोर्चाबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नबस्ने भएको छ। 

उसले माओवादीको प्रस्ताव खारेज गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने निधो गरेको छ। 

माओवादीले विपक्षी मोर्चाबन्दीमा रास्वपासहित नेकपा एकीकृत समाजवादी र अन्य साना दललाई समेट्न प्रस्ताव गरेको थियो। 

बलियो सत्तापक्ष रहेका कारण प्रतिपक्ष पनि बलियो बनाउने माओवादीको रणनीति तत्कालका लागि असफल भएको छ। किनभने माओवादीपछि रास्वपा ठूलो दल हो। माओवादीका ३२ सांसद छन् भने रास्वपाले २१ जनालाई संसदमा सहभागी गराएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति