Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुभुमा नियमित योग, नगर प्रमुखले गरे योग भवन बनाउने प्रतिबद्धता

आइतबार, साउन ६, २०८१

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभु योग साधना केन्द्रले छैठौं वार्षिकोत्सव मनाएको छ। 

लुभुमा शनिवार भएको कार्यक्रममा विभिन्न नगरका पतञ्जली योग समितिका प्रशिक्षक तथा साधकहरु सहभागी थिए। 

स्वस्थ्य जीवनले स्वस्थ्य समाज तयार गर्ने उद्देश्यअनुसार योग साधना केन्द्रले लुभुमा नियमित योग प्रशिक्षण सञ्चालन गर्दै आएको संयोजक सानु श्रेष्ठले बताइन्।

महालक्ष्मी नगरपालिका प्रमुख हरिगोबिन्द श्रेष्ठ, उप–प्रमुख लक्ष्मी महर्जन, वडा नम्बर ८ का वडा अध्यक्ष बिश्वराज श्रेष्ठले योग साधनाको फाइदाका विषयमा चर्चा गरे।

नगर प्रमुख श्रेष्ठले योगलाई व्यवस्थित र सुरक्षित बनाउन योग भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

पतञ्जली योग समिति बागमती प्रदेशका पदाधिकारीलगायत कार्यक्रममा सहभागी भए। 

महालक्ष्मी नगर उद्योग वाणिज्य संघका अध्यक्ष नविन्द्रदेव सिंहले योग साधना केन्द्रलाई ३० हजार रुपैयाँ बराबरको म्याट कभर सहयोग पनि गरे। केन्द्रले कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको थियो।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्