Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन

आइतबार, साउन ६, २०८१

जुम्ला– आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ४५ करोड ९९ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य कूल ५९ करोड एक लाख रुपैयाँ रहेको थियो । कूल वार्षिक लक्ष्यको ७७ दशमलव पाँच प्रतिशत राजस्व उठेको प्रमुख रिजालले जानकारी दिए।

यस्तै, ३८ करोड ९० लाख ९९ हजार रुपैयाँ आयकरको राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ३१ करोड ५४ लाख २३ हजार रुपैयाँ सङ्कलन भएको छ । सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ ।

कार्यालय प्रमुख रिजालले भने, ‘१९ करोड नौ लाख ३० हजार रुपैयाँ बहालकर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड तीन लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक पाँच करोड छ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच करोड तीन लाख १६ हजार रुपैयाँ सङ्कलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ ।’

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्