Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय परिचयत्रका नाममा वृद्धवृद्धालाई दु:ख नदिइयोस् : रघुजी पन्त

आइतबार, साउन ६, २०८१

काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले वृद्ध-वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा सास्ती भएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता दिने कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने कुराको पूनरावलोकन गर्न उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै माग गरेका हुन् ।

वृद्ध-वृद्धाहरूका लागि नागरिकता नै परिचयका लागि पर्याप्त रहेको बताए । अहिले वृद्ध-वृद्धाहरुले दिनका दिन लाइन बस्नुपर्ने बाध्यता आएकव भन्दै राष्ट्रिय परिचयपत्रबारे सरकारसँग गुनासो गरेको स्मरण गराए ।

७० वर्ष पुगेकाहरूलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि उनले सरकारलाई आग्रह गरे । वृद्ध-वृद्धाहरूको भत्ता लिने समय चलिहरेकाले उनीहरूलाई परेको समस्या बुझिदिन उनले सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्