नेभिगेशन
राजनीति

महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएकोमा सांसद सापकोटाको आपत्ति

काठमाडौं–  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अङ्गहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता विवाद समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जङबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको देखिनछ ।’

उनले सरकार गठनबारे पनि प्रश्न गरेका छन् । यस्ता निर्देशनमा हेक्का राख्न समेत उनको सुझाव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी