बंगलादेशबाट फर्किए थप १७ नेपाली विद्यार्थी
काठमाडौँ-बंगलादेशबाट थप १७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरू स्वदेश आएका हुन् ।
भारत सरकारको सहयोगमा उद्धार गरिएर दिल्ली हुँदै काठमाडौं ल्याइएका नेपाली विद्यार्थीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना परिवारसँगको भेटपछि भावुक भएका थिए ।
यसबीच आठ सय बढी नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्