Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहमतिको एक बुँदाः दुई बर्ष ओली नेतृत्वमा सरकार त्यसपछि डेढ बर्ष देउवा प्रधानमन्त्री

आइतबार, साउन ६, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्। 

प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिने क्रममा उनले ७ बुँदे सहमति पढेर सुनाएका हुन्। त्यस मध्य सबै सुशासन र स्थायीत्वसँग सम्बन्धित रहेको छ। 

एउटा बुँदामा भने सरकारको नेतृत्वका विषयमा सहमति पनि खुलासा गरेका छन्। ओलीले दुई बर्षसम्म सरकार चलाउनेछन्। अर्थात् उनले ०८३ को असार १७ गतेसम्म सरकार चलाउनेछन् भने त्यसपछि ०८४ को मंसिरमा हुने निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले चलाउने सहमति भएको हो।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्